कञ्चनपुरका मासु पसलमा झिँगा आतंक, छैन स्वच्छता
2022/08/12, 12:57
 
apsari

 कञ्चनपुरका मासु पसलमा झिँगा आतंक रहेको पाइएको छ। खुल्ला राखिएको मासु र पसलमै झिँगा आतंक देखिएको हो। बुधबार दिउँसो बजार अनुगमन टोलीले यस्तो आतंक देखिएको जनाएको छ। टोलीका एक सदस्यले भने, ‘मासु पसलेले काटेको मासु ग्राहकलाई बेचिराखेका छन्। त्यही झिँगा भन्केको मासु फ्रिजमा पनि राखिरहेका छन्। महेन्द्रनगरस्थित सब्जीमण्डी क्षेत्रमा रहेका मासु पसलमा यस्ता देखियो।’

अनुगमन टोलीका सदस्य मासु पसलको दृश्य देखेर आवेशमा पनि आएा थिए। सबैभन्दा बढी सरसफाइ र स्वच्छ हुनुपर्ने मासु पसलको अवस्था देखेर उनीहरु आवेशमा आएका हुन्। अर्को पटक अनुगमनका क्रममा यस्तो अवस्था देखिए पसल बन्द गरिनुका साथै व्यवसायीलाई दण्ड र जरिमानासम्म गर्न सकिने चेतावनी दिएको छ

सब्जीमण्डी क्षेत्रमा आधा दर्जन बढी मासु पसल सञ्चालनमा छन्। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार मासु पसलसँगै औषधि, किराना र मदिरा पसलको अनुगमन गरिएको हो। चाडपर्व नजिकिँदै गर्दा हरेक वर्ष अनुगमनको परम्परा नै बनेको छ। तर अखाद्य वस्तु बिक्री गर्नेमाथि कारबाही भने हुने गरेको छैन।