धनगढीमा एमसीसी विरुद्ध युवाहरुको प्रर्दशन
2020/06/24, 6:44
 
mmc

धनगढीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) विरुद्ध युवाहरुले प्रर्दशन गरेका छन्। बुधबार दिउँसो धनगढीको पार्क मोडमा जम्मा भएका युवाहरुले एमसीसी नेपालको हितमा नभएको भन्दै प्रर्दशन गरेका हुन्।

प्रर्दशन कार्यक्रममा बोलेका नेकपा निकट अनेरास्ववीयुका केन्द्रीय सदस्य डम्बर भट्टराईले एमसीसी विरुद्ध कैलालीका विद्यार्थीहरु एकजुट भएको बताए। उनले एमसीसी राष्ट्रको हितमा नभएकाले आन्दोलन गर्नुपर्ने स्थिती सिर्जना भएको जनाउँदै कैलालीबाट पनि आन्दोलन थालिएको बताए।

उनले एमसीसी सम्झौताको विकास र विस्तारलाई हेर्दा अमेरिकाले दोस्रो विश्व युद्धपछि सैन्य गठबन्धनसँग जोडिएकाले नेपालमा जस्ताको त्यस्तै लागु गर्नु खोज्नु राष्ट्र हित विरुद्ध भएकाले खबरदारी आवश्यक रहेको बताए।