पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्जितलाई कोरोना संक्रमण
2020/05/12, 3:03
 
ranjit

राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइसको संक्रमण भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले फेसबुकमा भिडियो अपलोड गर्दै आफुलाई कारोना पोजेटिभ देखिएको बताएका छन् । उनले सेल्फ आइसोलेसनमा बसेको जनाएका छन् ।

‘ सेल्फ आइसोलेसनमा छु । मलाई कोरोनाको पोजेटिभ छ । खासै त्यस्तोको त केही जस्तो लागेको छैन । तातो पानी खान्छु । ब्यालेन्स डाइटमा बसेको छु । प्यानिक भाको होला सबै कोरोना भाइरसका कारण, उनले अगाडी भनेका छन्, तर आत्तिनुपर्ने केही छैन । मलाई भएको भएको चार पाँच दिन भयो । कफ केहि छैन । कहिले काही ड्राइ कफ हुन्छ । रुममा बसेको छु । खाना खान्छु । जगिङ गर्दै बसेको छु । ’


पूर्व मिडफिल्डर रञ्जितले भिडियो मार्फत नआत्तिनमा पनि सुझाव दिएका छन् । उनले भनेका छन्, फेसबुकमा मेरो जति पनि साथी भाई हुनुहुन्छ नडराउनु होला । डराउनु पर्ने खालको छैन । नर्मल लिदा हुन्छ । आफुले बार्नु पर्छ । फेरि मेरो सेकेन्ड रिजल्ट के आउँछ भन्छु । फेरि भिडियो पोष्ट गर्नुछ ।’


रञ्जित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो व्याचका खेलाडी हुन् । सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसीपमा नेपाली टोलीमा रहेका रञ्जित राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, त्रिभुवन आर्मी क्लवका कप्तान भरत खवासका समकालीन हुन् । फ्रेन्ड्स क्लब र एनआरटीबाट व्यवासयिक फुटबल खेलेका रञ्जित नेपाली यू १६ का पूर्व कप्तान हुन् । उनको भाई रुपक श्रेष्ठ पनि सोही व्याचका खेलाडी हुन् । रञ्जित केही वर्ष दक्षिण कोरियामा पनि बसेका थिए ।