डडेल्धुराको बगरकोटमा खुला भलिबल प्रतियोगिता हुने
2022/08/13, 1:29
 
ss

डेल्धुरामा खुला भलिबल प्रतियोगिता हुने भएको छ। खबरदारी न्युज साप्ताहिकको आयोजनामा खुला भलिबल प्रतियोगिता हुन लागेको हो ।
सुदूरपश्चिमको महान पर्व गौरा, तिजको अवसरमा हुन लागेको भलिबल प्रतियोगिता भदौ १२ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । भलिबलसँगै डेउडा म्युजिकल चेयर नाचँ गान समेत हुनेछ ।

स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्यका साथ भलिबलको आयोजना गरिएको अध्यक्ष जनक महराले बताए ।  कार्याक्रमको प्रुर्वद्धकको रुपमा डडेल्धुरा युवा मञ्च रहेको छ । भागेश्वर गाँउपालिकाको सदरमुकाम बगरकोटको सरस्वतस् माध्यमिक विद्यालयको
मैदानमा खेल सुरु हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद ३० हजार ३० नगदसहित प्रमाणपत्र, उप–विजेताले नगद १५ हजार १५ नगदसहित प्रमाणपत्र तथा तृतीय हुने टिमले नगद ६ हजार ६ सहित प्रमाणपत्र र कप हात पाउनेछ ।