
कैलालीमा सुदूरपश्चिमकै पहिलो पाँच तारे होटल सञ्चालनमा आउने भएको छ । जिल्लाको गोदावरी नगरपालिका–७ को हरैयामा पाँचे तारे आईडिया होटल एण्ड क्यासिनो सञ्चालनमा आउने भएको हो ।

होटलको नेपाली कांगेसका नेता डा. शशांक कोइरालाले शनिबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन । आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले दुई हजार जना अटाउने सेमिनार हल, १५ सय जना अटाउने क्यासिनो हल लगायतका संरचना निर्माण गरिने बताए ।
उनकाअनुसार होटलमा १५० वटा अतिथि कोठा पनि बनाइनेछ । होटल करीब २ विघा जग्गाको क्षेत्रफलमा निर्माण हुनेछ । आइडिया ग्रुपको नाममा हरैयामा २३ विघा जग्गा रहेकोमा बाँकी क्षेत्रलाई आइडिया सिटीका रुपमा प्रयोग गरिने श्रेष्ठ बताउँछन् ।

सो होटल निर्माणमा करीब २ अर्ब लगानी लाग्ने अनुमान बताइएको छ भने स्थानीय स्तरमा रोजगारी समेत सिर्जना हुनेछ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15