गौरीगंगा नगरपालिकाको बजेट साढे ७९ करोड
2020/06/24, 7:35
 
bughet

कैलालीको  गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि करिब साढे ७९ करोडको बजेट ल्याएको छ । बुधबार आठौं नगर सभामा नगर उपप्रमुख अंचला चौधरीले ७९ करोड ४० लाख ६३ हजारको बजेट प्रस्तुत गरेकी छन । 

उनले प्रस्तुत गरेको बजेट अनुसार २०७७र०७८ को बजेटमा आयतर्फ आन्तरीक आय ५ करोड ८८ लाख ९७ हजार, बित्तिय समानिकरण १६ करोड ५४ लाख ७१ हजार, राजस्व वाँडफाँडबाट १३ करोड ४१ लाख ६५ हजार ६ सय र सशर्त अनुदान २१ करोड ६२ लाख रहेको उल्लेख छ ।

त्यसैगरी संघीय समपुरक अनुदान ३ करोड ४ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान १ करोड ४० लाख ३० हजार, प्रदेश सरकार विशेष अनुदान ४९ लाख र सामाजिक सुरक्षा कार्यक्रम १७ करोड रहेको नगर उपप्रमुख चौधरीले जानकारी दिइन ।