धनगढीमा सितोरियो करातेको प्रशिक्षण हलको उद्घाटन
2022/08/16, 1:11
 
ss

नेपाल सितोरियो करातेको धनगढी रंगशालामा प्रशिक्षण हलको उद्घाटन गरिएको छ । धनगढी रंगशाला स्थित सितोरियो कराते प्रशिक्षण हलको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्मित कराते प्रशिक्षण हलमा  १ सय ५० जना भन्दा बढी खेलाडीले प्रशिक्षण गर्न सक्ने बनाईएको छ ।

उद्घाटन कार्यक्रममा कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाल सितोरियो कराते संघका प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठ, सुदूरपश्चिम क्षेत्रिय खेलकुद बिकास समितिका कार्यालय प्रमुख टोपबहादुर बिष्ट, कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिपकबहादुर सिंह, प्रशिक्षण प्रमुखहरु, सहायक प्रमुखहरु लगायत उपस्थिति रहेको थियो ।

प्रशिक्षण हल निर्माणमा सहयोग गर्ने नेकपा माओवादी केन्द्रका कैलाली जिल्ला इन्चार्ज हरि ज्ञवाली र व्यबासयी टिकाराम जैशिले समेत प्रशिक्षण केन्द्र निर्माणले खेल र खेलाडीको बिकाशका लागि टेवा पुग्ने विश्वास गरेका छन् । सोही अबसरमा सदस्य सचिव घिसिङले सितोरियो करातेको सुदूरपश्चिम प्रदेश स्तरीय ब्ल्याक बेल्ट सेमिनारको समेत उद्घाटन गरेका छन् ।

नेपाल सितोरियो कराते संघका प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठले प्रशिक्षण गराईरहेका सुदूरपश्चिम प्रदेश १ सय ५० जना भन्दा बढी खेलाडीहरुको भाद्र १ गते परिक्षामा सफल हुने खेलाडीहरुले ब्ल्याक बल्ट प्रथम डान, द्वितिय डान र तृतीय डानको उपाधि प्राप्त गर्ने त्रिलोक पाण्डेयले जानकारी दिएका छन् ।

कार्यक्रममा कैलाली जिल्लाको प्रतिनिधित्व गरि बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते प्रतियोगिताहरुमा पदक प्राप्त गरेर जिल्ला, प्रदेश र देशकै नाम उच्च राख्न सफल खेलाडीहरु अशोक शाह, बिरबहादुर रनेनी र गजेन्द्र साउद र लामो समय देखि स्वयंसेवक प्रशिक्षकको रुपमा कार्यगरि कराते खेललाई कैलाली जिल्लामा जीवन्त राख्न योगदान गरेका बरिष्ठ स्वयंसेवक प्रशिक्षकहरु बबरजंग शाही, बालकुमार महतो, कमल श्रेष्ठ, डम्बर साउद र पुष्कर गुरुङलाई सम्मानित गरिएको थियो ।