सुदूरपश्चिममा १० दिनमा मात्रै ८३ प्रतिशत कोरोना संक्रमित
2020/06/25, 7:50
 
korona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ह्वात्तै बढेको छ । असारको १० दिनमा मात्रै एक हजार दुई सय ८५ जना संक्रमित थपिएका भएका छन् । जेठ ३२ गतेसम्म सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या दुई सय ६४ रहेकोमा असारको १० दिनमा थप एक हजार दुई सय ८५ जनामा संक्रमण पुष्टि भएका हो । योसंगै संक्रमितको सङख्या बढेर एक हजार पाँच सय ४९ पुगेको  छ । असारमा थपिएका संक्रमित कुल संक्रमितमध्येको ८३ प्रतिशत हो । 

संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार असारको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३२ जना, ४ गते दुई सय ३८ जना, ५ गते एक सय ६६ जना, ६ गते एक सय ६३ जना, ७ गते ७६ जना र ८ गते एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै ९ गते एक सय १६ जना र १० गते दुई सय ७२ जनामा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय आँठ जनामा कोरोना पुष्टि भएको छ । यस्तै डोटीमा दुई सय नौँ, डडेल्धुरामा दुई सय पाँच, कञ्चनपुरमा एक सय ९४, बैतडीमा एक सय ६०, अछामका एक सय १२, बाजुराका एक सय, बझाङमा ४४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ७६ जना निको भएर घर फर्किसकेका छन् ।

सुदूरपश्चिमका ९ जिल्लाबाट संकलन गरीएका सात हजार चार सय २१ जनाको नतिजा आउन भने बाँकी रहेको छ ।