सुदूरपश्चिममा नमूना संकलन भएका ७४२१ जनाको रिर्पोट आउन बाँकी
2020/06/25, 8:21
 
korona

सुदूरपश्चिम प्रदेशमा थ्रोट स्वाबको नमूना संकलन भएका साढे सात हजार बढीको रिर्पोट आउन बाँकी रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार वुधवारम्म नमूना संकलन भएका सात हजार चार सय २१ जनाको रिर्पोट आउन बाँकी रहेको हो । उनीहरुमा धेरैजसो क्वारेन्टिनमा बसिरहेका व्यक्ति रहेका छन् भने संक्रमितको सम्पर्कमा आएकाहरुको रिर्पोट पनि आउन बाँकी रहेको हो ।

स्वास्थ्य निर्देशनालयले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएका पाँच हजार चार सय २९ जना र धनगढी प्रयोगशालामा पठाइएका एक हजार नौ सय ९१ जनाको रिर्पोट प्राप्त नभएको हो । सुदूरपश्चिममा ११ हजार ७ सय ९६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणमा भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसमा वुधवारसम्म एक हजार पाँच सय ४९ जनामा कोरोना पुष्टि भएको छ भने पाँच जनाको कोरोनाकै कारण मृत्यु भईसकेको छ ।