सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को स्पष्टोक्ती– खेलकुदलाई निरुत्साहित गर्न भ्रम छर्न खोजियो
2022/08/21, 2:16
 
ss

धनगढी-   सुदूरपश्चिम प्रेश खेलकुद परिषदले परिषद र सदस्य सचिव दिपकवहादुर सिंहको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले  कारवाही गर्ने विषयमा आपत्ति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले विभिन्न आरोपहरु लगाउँदै  परिषदका सदस्य सचिव सिंहलाई लिखित जवाफ मागेकोमा आपत्ति जनाउँदै आरोपहरुको खण्डन गरेको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहले प्रेस विज्ञप्ती जारी गर्दै कारवाही गर्न लगाईएका आरोपहरु प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।   राम्रो काम गरिरहेको खेलकुद परिषदलाई काम गर्ने वातावरण नदिन र खेलकुदलाई निरुत्साहित पार्न सञ्चार माध्यमको प्रयोग गरी भ्रम सिर्जना गर्न खोजिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

परिषदले निति नियम अनुसार काम गरिरहेको र त्यसको सम्बन्धित निकायबाट परिक्षण भएको र भईरहेको विज्ञप्तीमा ठहर गरिएको छ । अतिरत्तिजत रुपमा फैलाईएका निराधार र तथ्यहीन भ्रममा नपर्न परिषदले सबैलाई आग्रह गरेको छ । 

1