नवौँ राष्ट्रिय खेलकुद: बैतडीमा जिल्ला स्तरीय छनोट भदौ १० देखि
2022/08/22, 2:13
 
ss

बैतडी- आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि सुरु हुने भएको छ । बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ १० देखि भदौ १५ सम्म हुने भएको हो ।

पहिलो दिन टेबलटेनिस (महिला/पुरुष), बुद्धिचाल, भारत्तोलन पुरुष, कराँते, तेक्वान्दो (महिला-पुरुष) छनोट सदरमुकाममा हुनेछ । दोस्रो दिन सदरमुकाममै ब्याडमिन्टन (महिलारपुरुष), उस्सु फुल कन्टयाक्ट कराँते (महिलारपुरुष), मेलौली खेल मैदानमा भलिबल (महिला/पुरुष) छनोट भदौ १२ गते हुने जनाइएको छ । 

यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी (महिलारपुरुष), एथलेटिक्स (महिलारपुरुष), फुटबल, बक्सिङ (पुरुष), भदौ १४ गते देहिमाडौँ खेल मैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ ।

छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका ३२५ खेलाडीले आवेदन भरेका छन् ।  जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।