बाजुराको बडिमालिका नगरपालिकामा सरकारी गाडीको चरम दुरुपयोग
2022/08/27, 2:00
 
ss

बाजुरा- बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले सरकारी गाडीको चरम दुरुपयोग गर्दै आएको पाइएको छ । साँफे- मार्तडी राजमार्ग अन्तर्गत दवारीबाट मार्तडी आउदै  गरेको नगरपालिकाको बा २ झ १३५४ नम्वरको गाडीमा यात्रु ओसारपसार गर्ने गरेको जय मालिका यातायात प्रालिका महासचिव देवेन्द्र नाथले बताए ।

चालक गोरख बोहरा रहेको नगरपालिकाको गाडीमा बल्दे बाट मार्तडी तर्फ जाँदै गर्दा गाडीको अगाडी पछाडि पुरै यात्रु राखेर लगेको जय मालिका यातायात प्रा.लि.का महासचिव नाथले बताए।  सरकारी गाडी नगरपालिकाको  विभिन्न अत्यावश्यक कामका प्रयोग गर्नु पर्ने भएता पनि बडिमालिका नगरपालिकाले यात्रु ओसारपसार गर्नमा प्रयोग गरेको स्थानीयको आरोप रहेको छ ।

स्थानीयले चालकलाई सरकारी गाडीमा यात्रु ओसारपसार गर्न पाइँदैन भन्दा चालकले उल्टै गोरख बोहराले १५ जना पनि हालेर लिन्छु  तिमीहरु के गर्न सक्छौ भनेर धम्की समेत  दिएको नाथले बताए। 

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रङ्ग मल विकलाई सोध्दा नगरपालिकाको गाडी कुनै विशेष व्यक्ति, अप्ठ्यारोमा परेका व्यक्तिलाई ओसार पसार गर्न मिल्ने तर यात्रुहरू ओसारपसार गर्न नमिल्ने बताए । आफूलाई नगरपालिकाको गाडीले यात्रु ओसारपसार गरेको कुनै जानकारी समेत नभएको बताए ।