कञ्चनपुर जिल्ला छनोट प्रतियोगिता सुरु 
2022/08/27, 2:02
 
ss

कञ्चनपुर- कञ्चनपुर जिल्ला छनोट प्रतियोगिता सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजनामा पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म ९औँ राष्ट्रिय खेलकुद २०७९ सञ्चालन हुने हुँदा कञ्चनपुर जिल्ला छनोट प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो।

जिल्ला छनोट प्रतियोगिता अन्तर्गत भाद्र १० देखि १५ गतेसम्म विभिन्न विधाका खेलहरु महेन्द्रनगरस्थित कबड हलको खेलमैदानमा सञ्चालन भइरहेको जिल्ला खेलकुद समितिले जनाएको छ। प्रतियोगिता एक कार्यक्रमका बीच सुरु गरिएको थियो। 

कार्यक्रममा सभापति जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खड्का, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल, विशिष्ट अतिथि प्रदेश खेलकुद परिषद सदस्य सचिव दीपक सिंह, अतिथि एसएसपी जनकराज पाण्डेय, भगतपुर २५ नम्बर बाहिनी मेजर सुमित श्रेष्ठ, सशस्त्र प्रहरी डिएसपी नरबहादुर शाही, जिल्ला खेलकुद समिति उपाध्यक्ष कैलाशचन्द्र गिरी, कार्यालय प्रमुख गोपालदत्त भट्ट, परिषद सदस्य झलक शाह, प्रशिक्षक, सह९प्रशिक्षक, विभिन्न संघका पदाधिकारी एवं खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।