काँग्रेस बाजुराबाट प्रतिनिधि सभामा ७ जना सिफारिस, यी हुन् उम्मेदवार
2022/09/04, 12:23
 
काँग्रेस बाजुराबाट प्रतिनिधि सभामा ७ जना सिफारिस, यी हुन् उम्मेदवार

बाजुरा - प्रतिनिधि सभाको लागि नेपाली काँग्रेस बाजुराले ७ जनाको नाम सिफारिस गरेको छ । काँग्रेस बाजुराको दुइ दिन सम्म बसेको बैठकले सहमति नभएपछि अन्तमा सबैजनाको नाम सिफारिस गरेको जनाइएको छ । सहमति नभएपछि ७ जनाको नाम सिफारिस गरेको पाटि सचिब भरत बहादुर रोकायाले बताए ।

नेपाली काँग्रेसको बिधानमा २ जना पुरुष एक जना महिलाको नाम प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गनुपर्ने प्राबधान रहेको छ। सिफारिस हुनेमा नेपाली काँग्रेसका सहमहामन्त्रि बन्द्रि पाण्डे, नेपाल सरकारका महान्यायाधिवक्ता खम्म बहादुर खाति, मान बहादुर रावल, कबिराज पण्डित, जनकराज गिरी, शेर बहादुर खाति र डा।अंगराज तिमिल्सेनाको नाम जिल्ला कमिटिले सिफारिस गरेको छ। बिद्यान अनुसार ३ जना पठाउने हो, तर ७ जनाले दाबि गरेको सचिब रोकायाले वताए ।

जनकराज गिरिको नाम प्रदेश क बाट प्रदेश सभाको उम्मेदवारका लागि पनि सिफारीस भएको छ। जनक राज गिरी भने काँग्रेस जिल्लाको अधिबेशनमा कोइराला पक्षमा उभिएका थिए, केन्द्रिय अधिबेशनमा भने देउवा पक्ष बाट केन्द्रिय सदस्य लडेका थिए । सिफारिस भएका कबिराज पण्डित, खम्म बहादुर खाति, शेर बहादुर खाति र डा।अंगराज तिमिल्सेना देउवा पक्ष का हुन् भने बद्रि पाण्डे र मान बहादुर रावल कोइराला पक्षधरका हुन् ।