घरमै पत्र दिएर एमसीसीको पक्षमा मतदान गरे उद्योग मन्त्री भट्टलाई जनकारबाहीको चेतावनी
2020/06/25, 6:18
 
biplov

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले  जनकारबाही गर्ने चेतावनी दिएको छ । कैलालीमा रहेको मन्त्री भट्टको घर पुगेर  विप्लवका कार्यकर्ताले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनी सहितको पत्र दिएका हुन ।

b

उनको घरमै पुगेर वुझाईएको पत्रमा लेखिएको छ, ‘राष्ट्रियता सम्बन्धी जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजना सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नु हुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीहरुको रहेको छ । यदि नेपाली जनताको राष्ट्रभक्तिको भवना, आवाज र अपिल विपरित तपाईद्धारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिस्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनु हुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहान्छौ ।’