पुर्व प्रधानमन्त्री शेरवहादुर देउवालाई पनि जनकारवाहीको चेतावनी, धनगढी स्थित घरमा पत्र टाँसियो
2020/06/25, 7:13
 
biplov

पुर्व प्रधानमन्त्री तथा नेपाली काग्रेंसका सभापति शेरवहादुर देउवालाई पनि नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले  जनकारबाही गर्ने चेतावनी दिएको छ । कैलालीमा रहेकोधनगढी स्थित घरमा पत्र टाँस गर्दै  विप्लवका कार्यकर्ताले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनी सहितको पत्र टाँसेका हुन् । 

उनीहरुले मिलिनियम च्यालेन्ज कर्पाेरेसन(एमसीसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनी सहितको पत्र टाँसेका हुन । घरमा परिवार सदस्यसँग सम्पर्क हुन नसक्दा पत्र गेटमै टाँसिएको नेकपा स्रोतले जनाएको छ ।

‘राष्ट्रियता सम्बन्धि जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजना सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीहरुको रहेको छ । यदि नेपाली जनताको राष्ट्रभक्तीको भावना, आवाज र अपिल विपरित तपाईद्धारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिष्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनु हुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहान्छौ’ पत्रमा लेखिएको छ ।