
धनगढी- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलबार नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो।

मुलपानी क्रिकेट मैदान वर्षाको कारण एपीएफ र सुदूरपश्चिमबीचको खेल टस समेत नभई रद्द हुँदा समूह ‘बी’ बाट एनआरएनए र सुदूरपश्चिम अन्तिम चारमा पुगे। एपीएफको लगातार चार खेल रद्द भएको हो। यता सुदूरपश्चिमको भने एक खेलमा जित निकाल्दा दुई खेल रद्द भएको थियो।
सुदूरपश्चिमले ४ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको छ। एनआरएनएले ५ अंक जोडेर समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04