चिकित्सक केसीको मागप्रति सरकार अझै मौन
2022/09/14, 10:27
 
ss

धनगढी-  गोविन्द केसीको २०औँ अनसनको आज तेस्रो दिन पनि जारी छ । धनगढीको एलएन चोकमा रहेको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

केसीका सहयोगी अमृत जैसीका अनुसार डा केसीको २०औँ सत्याग्रहको मंगलबार दोस्रो दिन सबै चेकजाँचहरू गर्दा स्वास्थ्यमा केही कमजोरी आएको छ । डाक्टर केसी अनसन बसेको तेस्रो दिन भइसक्दा समेत उनको मागप्रति सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।

मंगलबार बिहान पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २०औँ पटक सत्याग्रह बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका थिए । डाक्टर केसीले सोमबारदेखि २०औँ अनसन सुरु गरेको विषयबारे मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले लेखेका छन्,‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डाक्टर केसीले २०औँ पटक अनसनमा बस्न पर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो ।’ 

डाक्टर केसीको दोस्रो दिन मंगलबारको अनसनमा सेती प्रादेशिक अस्पतालमा कार्यरत अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डे लगायत विशेषज्ञ चिकित्सकहरूले भेटघाट गर्दै उनको अनसनमा समर्थन जनाएका छन् । डाक्टर पाण्डेले उनलाई आवश्यक पर्ने सम्पूर्ण उपचारका लागि चिकित्सकहरू तयारी अवस्थामा रहेको बताएका थिए ।

डाक्टर केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड सङ्ख्या अनुसार बढाउनुपर्ने माग राखेका छन् । 

यस्ता छन् डा केसीका मागहरुः 

May be an image of text