
धनगढी - सुदूरपश्चिम प्रदेश भलिबल सङ्घको उपाध्यक्षमा रामचन्द्र शाही मनोनीत भएका छन् । सङ्घले हिजो कार्यसमिति उपाध्यक्षमा शाहीलाई मनोनीत गरेको हो । प्रदेश भलिबाल सङ्घका अध्यक्ष देवराज भट्टले उहाँलाई आज मनोनीत गरेको पत्र हस्तान्तरण गर्नु भएको हो ।

प्रदेश उपाध्यक्ष पदमा मनोनीत गरेपछि खुसी व्यक्त गर्दै शाहीले सुदूरपश्चिमको खेल क्षेत्र उत्थानका लागि थप जिम्मेवारी प्राप्त भएको भन्दै कार्यसमिति र प्रदेशको भलिबललाई उचाइमा पुर्याउन काम गर्ने बताउनु भयो । ग्रास रुट क्रिकेटलाई बलियो बनाउने राष्ट्रिय अभियान थाल्नु भएका शाहीले अब भलिबल क्षेत्रको पनि उत्थानमा कटिबद्ध भएर लाग्ने बताउनु भयो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04