डाक्टर गोविन्द केसीको २० औं सत्याग्रहः स्वास्थ्य अवस्था बिग्रियो
2022/09/14, 6:12
 
dd

धनगढी-  धनगढीमा आमरण अनसन बसेको डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रीएको छ । आमरण अनसनको तेश्रो दिनमा डा. केसीको स्वास्थ्यमा समस्या देखिएको हो।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार सहित ७ बुँदे माग राखेर डा. गोविन्द केसीले धनगढीमा सोमवार बाट  २०औँ आमरण अनसन सुरु  गरेको थियो ।   नियमित जाँच गर्दा रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको चिकित्सक शेरबहादुर कमरले बताए।

पिसाबमा किटोन देखिएको चिकित्सकले बताएका छन्।  चिकित्सकको टोलीले अस्पताल भर्ना गर्न भने पनि डा. केसीले अस्विकार गरेका छन्। अवस्था जटिल भएपनि आफूलाई कुनै औषधि नचढाउन उनले आग्रह गरेका छन्।