
धनगढी- धनगढीमा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा डोटीको टिम विजयी भएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा डोटीले शानदार जित हासिल गरेको छ ।

आज भएको फाइनल खेलमा डोटीले अछामलाई ३–० को सोझो सेटमा पराजित गरेको डोटी टिमका म्यानेजर गणेश कठायतले बताए ।
यस अघि डडेल्धुरा, बाजुरा र दार्चुलालाई हराउँदै डोटी फाइनलमा पुगेको डोटी टिमका प्रशिक्षक लाल जोराले बताए । धनगढी स्थित कवडहलमा प्रतियोगिता भएको थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04