शैलेश्वरी गोल्डकपको उपाधी कैलालीको टिमलाई
2022/09/27, 10:17
 
ss

सिलगढी-  सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड–शैलेश्वरी गोल्डकप २०७९ को बिजेता कैलालीको टिम भएको छ भने उपबिजेता भैरव प्रसाद गणको टिम भएको छ । सोमबार भएको कैलाली र भैरव प्रसाद गणको फाइनल खेलमा कैलालीले उपाधि जित्न सफल भएको हो ।

कैलालीको टिमले शुन्यका बिरूद्ध २ गोल हान्दै बिजेता भएको हो । बिजेता भएसंगै कैलालीले १ लाख नगद सहित ट्रफि र प्रमाणपत्र हात पारेको छ भने उपबिजेताले ५० हजार नगद तथा ट्रफि, प्रमाणपत्र पाएको छ ।

असोज ८ गतेदेखि १० गतेसम्म संचालन भएको गोल्डकप फुटबल प्रतियोगितामा ६ वटा टिम सहभागी भएका थिए । पहिलो सेमिफाइनलमा डोटीको टिमलाई हराउँदै भैरव गणको टिम फाइनलमा पुगेको थियो भने दोस्रो सेमिफाइनलमा लैलालीले डडेल्धुरालाई हराउँदै फाइनलमा आएको थियो ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, भैरव प्रसाद गण सिलगढी र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा संचालन भएको गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि कैलालीका सुरेन्द्र रानाले प्राप्त गरेका छन् ।प्रतियोगितामा कैलाली, डोटी, बाजुरा, डडेल्धुरा, उद्योग बाणिज्य संघ डोटी, भैरव प्रसाद गणका टिम सहभागी रहेका थिए ।