सुदूरपश्चिममा थप २१९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८८६ पुग्यो
2020/06/26, 4:36
 
korona

सुदुरपश्चिममा थप २३१ जनामा कोरोना पुष्टि भएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा १९५ जना , सेती प्रादेशिक प्रयोगशालामा ३५ जना र भरतपुर अस्पतालमा एक जना गरी शुक्रवार थप २३१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिमा कोरोना संक्रमितको संख्या १८८६ पुगेको छ । 

मन्त्रालयका अनुसार डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७÷२७, बझाङका नौँ, दार्चुलाका तीन र अछाम जिल्लाका एक जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका एक पुरुष, बैतडीका ५ महिला र २० पुरष गरी २५ जना, बझाङका तीन महिला र ६ पुरुष गरी नौँ जना, बाजुरका १० महिला र १७ पुरुष गरी २७ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै दार्चुलाका तीन पुरुष, डोटीका १७ महिला र २९ पुरुष गरी ४६ जना, कैलालीका ८ महिला र २२ पुरुष गरी ३० जना र कञ्चनपुरका ८ महिला र ३४ पुरुष गरी ४२ जनामा कोरोना पुष्टि भएको उनले बताए। उनका अनुसार आजै चितवनमा भएको परीक्षणमा कैलालीका एक पुरुषमा पनि कोरोना देखिएको छ। 

यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुुसार डोटीका २५, कैलालीको भजनीका दुई र चुरेका पाँच गरी ७, बैतडीको पञ्चेश्वरका दुई र कञ्चनपुरको भीमदत्तका एक जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ३५ जना मध्ये डोटीका ६ र कैलालीका एक महिला रहेका छन्। 

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार ८ सय ८६ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ४९ जनामा कोरोना पुष्टि भएको छ। यस्तै कञ्चनपुरमा दुई सय ९७, डडेल्धुरामा दुई सय १७, डोटीमा दुई सय ८०, बैतडीमा एक सय ९०, अछामका एक सय २६, बाजुराका एक सय ३५, बझाङमा ७१ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।