
नेपालमा शुक्रबार पाँच सय ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा एक सय सात जना महिला र चार सय ८६ पुरुषमा सङ्क्रमण देखिएको हो ।

अहिलेसम्म सङ्क्रमण देखिएकामध्ये एक हजार दुई सय ४९ महिला र १० हजार पाँच सय ६ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार नेपालमा ११ हजार सात सय ५५ जनामा सङ्क्रमण देखिएको हो ।
रसुवा बाहेक ७६ जिल्लामा कोरोना सङ्क्रमण देखिँदा अहिलेसम्म दुई हजार ६ सय ९८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ जना महिला र ४० जना पुरुष गरी ४८ जना डिस्चार्ज भएका हुन् ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/16, 6:42
2020/12/02, 11:08
2022/03/18, 12:27
2023/04/16, 3:10