
धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको हो ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सूचना जारी गर्दै हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेका छन् । उनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/04/27, 5:07
2021/11/13, 9:13
2020/06/27, 9:28