
धनगढी- बैतडी सहित सुदूरपश्चिम प्रदेशमा सात्त्विक रुपमा दसैँ मनाउने गरिन्छ। प्रदेशमा पुस्तौँदेखि सात्त्विक दसैँ मनाइँदै आइएको हो।

खानपिनको पर्वका रूपमा समेत चिनिने बडा दसैँमा यहाँ भक्तिभावमै बढी केन्द्रित हुने गरेको पाइन्छ। मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्वहरू सात्त्विक हिसाबले मनाउने चलन छ।
घटनास्थापनाको दिनदेखि नै धेरैजसोले नवरात्र उपासना तथा जाग्राम बसेर विजया दशमीको टीका ग्रहण गरेर मात्रै भोजन गर्ने चलन रहेको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले बताए।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 12:58
2020/08/19, 9:02
2021/01/29, 2:55