
कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ११ अमरबस्तीमा से ७ प ४७६५ नम्बरको मोटर साइकल बिजुलीको पोलसँग ठोक्किँदा दुर्घटनामा परेको हो ।

पुनर्वास नगरपालिका ९ बाट डोकेबजार जानेक्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरका २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास १० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए ।
बुधबार राती साढे १० बजेतिर सो मोटर साइकल दुर्घटनामा परेको हो । मोटर साइकल बिजुलीको पोलमा ठोक्किँदा पोल समेत भाँचिएको छ । मोटर साइकल तीव्र गतिमा रहेको बुझिएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/04/27, 5:07
2021/11/13, 9:13
2020/06/27, 9:28