सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या संख्या १८ सय ८६ पुग्यो, कुन जिल्लामा कति संक्रमित ? 
2020/06/26, 9:05
 
korona

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या संख्या १८ सय ८६ पुगेको छ । पछिल्लो १२ दिनमा सवैभन्दा वढी झण्डै १५ सय कोरोना संक्रमित भेटिएका छन् । कोरोना परिक्षण विगतका दिनभन्दा वढी हुन थालेपछि संक्रमित पनि वढिरहेका छन् । योसँगै अझै वढ्ने अनुमान चिकित्सकहरुले गरेका छन् । 

हालसम्म कोरोना पुष्टि भएका संक्रमितमध्ये सवैभन्दा वढी सुदूरपश्चिममा कैलालीका रहेका छन् । कैलालीमा संक्रमितको संख्या पाँच सय ४९ पुगेको छ । यस्तै कञ्चनपुरमा दुई सय ९७, डडेल्धुरामा दुई सय १७, डोटीमा दुई सय ८० जना कोरोना संक्रमित पुगेका छन् । त्यसैगरी बैतडीमा एक सय ९०, अछाममा एक सय २६, बाजुरामा एक सय ३५ संक्रमित पुग्दा बझाङमा ७१ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएकामध्ये पाँच जनाको ज्यान गइसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । 

 सुदूरपश्चिम प्रदेशमा शुक्रबार मात्रै दुई सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा दुई सय १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार डोटीका ७१, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७र२७, बझाङका नौ, दार्चुलाका तीन र अछामका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका एक पुरुष, बैतडीका पाँच महिला र २० पुरुष गरी २५ जना, बझाङका तीन महिला र ६ पुरुष गरी नौ जना, बाजुराका १० महिला र १७ पुरुष गरी २७ जनामा कोरोना पुष्टि भएको हो । यस्तै दार्चुलाका तीन पुरुष, डोटीका १७ महिला र २९ पुरुष गरी ४६ जना, कैलालीका आठ महिला र २२ पुरुष गरी ३० जना र कञ्चनपुरका आठ महिला र ३४ पुरुष गरी ४२ जनामा कोरोना पुष्टि भएको हो । चितवनमा भएको परीक्षणमा कैलालीका एक पुरुषमा पनि कोरोना देखिएको छ । 

धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार डोटीका २५, कैलालीको भजनीका दुई र चुरेका पाँच गरी सात, बैतडीको पञ्चेश्वरका दुई र कञ्चनपुरको भीमदत्तका एक जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका ३५ जनामध्ये डोटीका ६ र कैलालीका एक महिला रहेका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ८६ पुगेको छ ।