डोटीमा आले रेड जोनमा, खड्का परे भारी
2022/10/14, 11:31
 
डोटीमा आले रेड जोनमा, खड्का परे भारी

धनगढी : सत्ता गठबन्धनका साझा उमेदवार बनेर डोटीबाट प्रतिनिधीसभा सदस्यका लागी निर्बिकल्प देखिएका प्रेम बहादूर आले रेड जोनमा रहेका छन् । नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका पुर्व मन्त्री आलेले आफुलाई डोटीमा निर्बिकल्प उमेदवारका रुपमा ठानेका थिए । तर आले गठबन्धन भित्रबाटै रेडजोनमा परेका हुन् ।

पुर्व मन्त्री प्रेम आलेलाई नेकपा एमालेको उमेदवार भन्दापनि स्वतन्त्र उमेदवार नरेन्द्र खड्का तगारो बन्ने देखिएका छन् । आलेकै लागी नेपाली काग्रेंसका सुदूरपश्चिम सभापति समेत रहेका बिर बहादूर बलायरलाई कैलाली क्षेत्र नम्बर ४ बाट उमेदवार बनाइएको थियो । अहिले मुख्य प्रतिस्प्रधामा सत्ता गठबन्धनका प्रेम आले र एमालेकी गौरि ओली देखिएपनि डोटीको चुनावी माहोल फरक रहेको डोटीका नेता कार्यक्रताहरु बताउँछन् ।
डोटी उधोग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका नरेन्द्र खड्काको स्वतन्त्र उमेदवारी प्रेम आलेलाई भारी पर्ने आकलन गरिएको छ ।

दिपायल राजधानी संघर्ष समितिको नेतृत्व गरेका खड्काले चुनावी नारापनि राजधानीकै बनाएका छन् । अहिले डोटीमा राजधानीकै कारण प्रेम आलेलाई संकट हुने काग्रेंस डोटीका एक नेताले बताए । नरेन्द्र खड्काले दिपायल राजधानीका लागी आन्दोलनको नेतृत्व गर्नुभयो तर आलेले आफ्नै सरकार हुँदा गोदावरी राजधानी राख्न सहमती दिए उनले भने “यहाँ राजधानीका लागी आन्दोलनको नेतृत्व गर्ने र राजधानी अर्को ठाउँलाई सुम्पिनेबिच लडाई छ आलेको सम्भावना कम देख्छु ।”

स्वतन्त्र उमेदवार बनेका खड्काले राजधानीकै मुद्धा अगाडी बढाएको बताए । माटो बेच्नेहरु फेरि भोट माग्न गाउँगाउँमा आएका छन् उनले भने “तिनीहरुलाई फेरि प्रतिनिधि बनाउँदा डोटीले अर्को घाटा सहनुपर्छ लाग्यो। सोही कारण डोटेलीको मुद्दा लिएर म चुनावमा लागेको छु ।”

सत्ता गठबन्धनका प्रेम आलेले भने आफ जती बलियो कोही नभएको दावी गरेका छन् । नेकपा एकिकृत समाजवादी पार्टीका डोटी जिल्ला अध्यक्ष दीर्घ बोगटीले चुनावमा बिपक्षीले गलत प्रचार गरेपनि डोटीमा आलेको बिकल्प नरहेको बताए । प्रेम आले भनेको राष्ट्रको उदाहरणिय मान्छे हो उहाँ डोटीका लागी मात्रै होइन बोगटीले भने “आलेले डोटीको बिकासमा कायापलट गरेको सबै जनतालाई थाहा छ, यत्रो काम गरेको देशको हितमा काम गरेको मान्छे नजित्ने कुरै हुँदैन, आले चुनाव जित्नेमा ढुक्क छौँ ।” तर एमाले उमेदवार कमजोर भन्दैनौँ उनले भने “अहिले हामी फरक ठाउँमा छौँ नेपालमा कम्युनिस्ट कति पटक फुटेका छन कति पटक जुटेका यो भइरहन्छ अहिले हामी र हाम्रै पुर्व पार्टीका उमेदवार बिच प्रतिस्प्रधा भएपनि हामी सौहार्दपुर्ण वातावरणमा चुनाव जित्ने छौँ ।”

२०६४ को पहिलो संविधान सभा सदस्यको निर्वाचनमा पाराजित भएका आले ०७० मा भने निर्वाचित भएका थिए। त्यसपछि २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका आलले अहिलेका काँग्रेस सुदूरपश्चिम सभापति बलायरलाई हराएका थिए ।
ऋाले यस पटक काग्रेंस तथा माओवादीकै मतले संसद छिर्ने दाउमा छन् । तर डोटी काँग्रेसका नेता, कार्यकर्ताले आलेलाई सहयोग नगरेर स्वतन्त्र उम्मेदवार बनेका खड्कालाई विश्वास गरेपछि भने मतपरिणाम फरक आउने आकलन गरिन थालेको छ ।