बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो
2022/10/16, 2:49
 
बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

बझाङ - जिल्लामा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय करन बोहरा रहेका छन् । सोही ठाउँमा ट्याक्टर दुर्घटना भएको हो।

बोहराले चलाएको  सुपप्र०१–००२प ४९३० नम्बरको ट्याक्टर दुर्घटनामा २ जना घाइते भएका थिए।

दुर्घटनामा घाइते भएका २८ वर्षीय निरज बोहराको  डडेल्धुरा अस्पताल रेफर गरिएको थियो। उपचारका क्रममा चालक बोहराको मत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्याक्टर सडकभन्दा ३०० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको  छ।