
करिब साढे तीन महिनादेखि अवरुद्ध अछामको साफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडी जोड्ने सडक आजदेखि सञ्चालनमा आएको छ ।

सडक डिभिजन साफेबगर अछामका डिभिजन प्रमुख विबशबाबु सदादेवले बाजुराको बुडिगंगा नगरपालिका अन्तर्गत पर्ने सडक खण्डको मर्मत कार्य सकिएकाले साना सवारीसाधन सञ्चालनमा आएको बताए । उनले गत असारको मध्यतिर आएको पानीका कारण सडक भासिँदा आवातजावत अवरुद्ध भएको बताए ।
करिब ८ सय मिटर सडकको मर्मत कार्य पश्चात् साना सवारीसाधन सञ्चालनमा आएको बताउँदै डिभिजन प्रमुख सदादेवले २र३ दिनभित्रै सडक पुर्ण रुपमा सञ्चालनमा आउने बताए । सडक अवरुद्ध हुँदा बाजुरामा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक वस्तुको अभाव भएको थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23