बाजुरामा ४३ मतदानस्थल अति संवेदनशील
2022/11/03, 5:01
 
ss

बाजुरामा ४३ मतदानस्थल अति संवेदनशील छन् । सो जिल्लामा जम्मा ७० वटा मतदानस्थल रहेका छन् । 
बाजुरा विकट दुर्गम क्षेत्रमा रहेकाले हरेक कुरामा मतदानस्थल निकै संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले, ७० मतदानस्थल मध्ये ४३  अति संवेदनशील, २३ संवेदनशील र ४ मतदानस्थल सामान्य रहेको बताए ।  

मतदानस्थलमा कुनै घटना नभएको, विद्युत्, सञ्चार, सडक, यातायातको सुविधा, सुरक्षा पुरानो घटना नभएको मतदानस्थललाई सामान्य मतदानस्थलको रुपमा सूचीकृत गर्ने गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लामा चार हजार ८३८ महिला, चार हजार ७२७ पुरुष र दुई अन्य गरी कुल ८३ हजार ५६७ मतदाता छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा १४ हजार ७७ महिला र १५ हजार ८६४ पुरुष गरी कुल २९ हजार ९४१ मतदाता कायम भएका छन् । यी मतदाताका लागि २९ मतदानस्थल तथा ३९ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा २६ हजार ७६१ महिला, २६ हजार ८६३ पुरुष र दुई अन्य गरी कुल ५३ हजार ६२६ मतदाता छन् ।  यति मतदाताका लागि ४१ मतदान स्थल तथा ७३ मतदान केन्द्र निर्धारण गरिएको छ । 

बाजुरामा प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचनका लागि ७० मतदानस्थलमा ११२ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।