खप्तड क्षेत्रमा प्राविधिक सहितको टोली खटाइने
2022/11/10, 4:58
 
dd

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रमा भूकम्प गएपछि प्राविधिकसहितको टोली परिचालन गर्ने भएको छ । खप्तड क्षेत्र केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षति आंकलनका लागि अध्ययन टोली परिचालन गर्ने प्राधिकरणले जनाएको हो ।

प्राधिकरणको आयोजनामा बिहीबार विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूसँग छलफल भएको थियो ।

बिहीबार बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरा सहित आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो ।

मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र भएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्किएर ६ जनाको मृत्यु भएको थियो ।