
डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार पराकम्प गइरहेका बताएको छ । आज बिहीबार बिहान १० बजेसम्म ३०० पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो पटक बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको पराकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।
यसअघि डोटीमा बुधबार बिहान सवा २ बजेतिर मानवीय क्षति हुने गरी ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँमा भूकम्प गएको थियो ।

उक्त भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको थियो भने ८ जना गम्भिर घाइते भएका छन्। घाइतेहरुको उपचार जारी छ ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/30, 12:28
2021/08/15, 9:54
2022/05/28, 7:02