बाजुरामा कर्ण थापालाई हराउँदै बद्री पाण्डे निर्वाचित
2022/12/04, 12:55
 
बाजुरामा कर्ण थापालाई हराउँदै बद्री पाण्डे निर्वाचित

बाजुरा – बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन्। उनी ३१ हजार ७८६ मत ल्याएर विजयी भएका हुन्। ५ हजार ४ सय ३७ मतान्तरले पराजित गरेहका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन्। राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७, समाजवादीका उम्मेदवार रामबहादुर शाहीले ७३ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत पाएका छन्।०६४ पछि बाजुरामा कांग्रेसले पहिलो पटक चुनाव जितेको छ। ०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जितेपनि कांग्रेसका पाण्डेले कांग्रेसलाई कमब्याक गराएका छन् । बाजुरामा ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो भने ५१ र ०७० र ०७४ एमालेले जितेको थियो ।
पाण्डेले २०४३ मा नेविसंघबाट राजनीति थालेका थिए । २०४७ मा वाल्मिकी क्याम्पसमा इकाई सदस्य र २०४९ मा इकाई सचिवमा निर्वाचित भएका थिए ।२०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष चुनिएका उनी २०५२ मा वाल्मिकीमै इकाइको अध्यक्ष भए । २०५३ मा वाल्मिकीको स्ववियु र २०५४ मा स्ववियु परिषद्को सभापति बनेका थिए । पाण्डे २०५६ मा नेविसंघको केन्द्रीय सदस्य भए ।
२०५९ मा नेविसंघको उपाध्यक्ष भएका पाण्डे २०६४ को १० औँ महाधिवेशनमा प्रदीप पौडेलसँग पराजित भए । २०६७ सालमा कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य जिते । २०७२ मा भएको १३ औँ महाधिवेशनमा खुल्लाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भए ।२०७० सालको संविधानसभाको चुनावमा उनी समानुपातिक तर्फबाट सांसद भए भने २०७४ उनी राष्ट्रियसभाको सदस्य निर्वाचित भएका थिए । उनी गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भए ।