सुविधाको ल्यापटप फिर्ता गर्न आनाकानी
2022/12/11, 1:04
 
ss

सुदूरपश्चिम प्रदेश सभाका १५ जना निवर्तमान प्रदेश सभा सदस्यहरुले सुविधाको ल्यापटप फिर्ता गर्न अटेर गरेका छन् ।  पदावधि सकिएको केही महिना बितिसके पनि उनीहरुले अहिलेसम्म ल्यापटप फिर्ता नगरेका हुन । सुविधाका लागि दिइएको ल्यापटप १५ जना निवर्तमान सदस्यसहित एक जना स्वकीय सचिव गरेर १६ जनाले फिर्ता गर्न बाँकी रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । 

प्रदेश सभा सदस्यहरुलाई कामकाज गर्न सहजहोस भनेर प्रदेश सभा सचिवालयले ४३ जनालाई ल्यापटप दिएको थियो । जसमध्ये हालसम्म २७ जनाले ल्यापटप फिर्ता गरि सकेका छन् । प्रदेश सभा सदस्यहरुको पदावधि गत असोजमै सकिएको थियो । पदावधि सकिको दुई महिना भए पनि १६ जनाले अझै ल्यापटक फिर्ता गरेका छैनन् । 

ल्यापटप फिर्ता नगर्ने प्रदेश सभा सदस्यहरुमा नेपाली कांग्रेसका अम्बिकुमारी थापा, उमा वादी, टेकबहादुर रैका, देवराज पाठक र श्यामलाल राना थारु रहनु भएको छ । यसैगरी, नेकपा ९एमाले० का अर्चना गहतराज, कुलवीर चौधरी, नेकपा ९माओवादी केन्द्र० का प्रेमप्रकाश भट्ट, मानबहादुर सुनार र शान्ति नेपाली रहेका छन् ।

नेकपा ९एकीकृत समाजवादी० का पूर्णा जोशी, दुर्गाकुमारी कामी, बलबहादुर सोडारी, मनाकुमारी साउँद, माया तामाङले ल्यापटप बुझाएका छैनन । यसैगरी, निवर्तमान उपसभामुख निर्मला बडाल जोशीका स्वकीय सचिव हरिचन्द्र भट्टले पनि ल्यापटप बुझाउन बाँकी रहेको छ । 

पदावधि सकिएपछि ल्यापटप फिर्ता गर्नका लागि सचिवालयले ताकेता गर्दै आएको छ । तर, सूचना पठाउँदा पनि अहिलेसम्म ल्यापटप फिर्ता नगरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।

‘सुविधामा दिइएको सामान फिर्ता गर्नका लागि हामीले एसएमएसमार्फत जानकारी गराएका छौं’, उनले भने,‘धेरैले ल्यापटप बुझाइ सक्नु भएको छ । केहीले अझै बुझाउन बाँकी रहेको छ ।’ यस्तै, निवर्तमान उपसभामुख जोशीले पनि सरकारी क्वार्टरबाट लगेको केही सामान फिर्ता गर्न बाँकी रहेको छ । उनले टिभी लगायतका सामान फिर्ता नगरेको सचिवालयले जनाएको छ । ‘बिदाईको दिन केही सामाना फिर्ता गर्नुभयो’, सूचना अधिकारी जैशीले भने,‘तर, अझै पनि टिभी लगायतका कतिपय सामान फिर्ता गर्न बाँकी रहेको छ ।’


यसैगरी, तत्कालीन सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेकी नेपाली कांग्रेसकी कुमारी नन्दा बमले घरमा लगेको एक थान प्रिन्टर फिर्ता गर्न बाँकी रहेको छ । ‘समितिको कतिपय गोप्य डकुमेन्ट घरमै प्रिन्ट गर्ने भनेर उहाँले एक थान प्रिन्टर घरमा लग्नु भएको थियो’, सूचना अधिकारी जैशी भन्छन्,‘त्यो प्रिन्टर फिर्ता गर्न बाँकी छ ।’