सुदूरपश्चिम प्रदेशसभातर्फ समानुपातिक सांसदको नाम टुङ्गो लाग्यो, कुन दलबाट को को परे ?
2022/12/11, 1:05
 
ss

सुदूरपश्चिम प्रदेशसभातर्फ समानुपातिक सांसदको नाम दलहरुले टुङ्ग्याएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले,माओवादी केन्द्र, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले प्रदेशसभातर्फ समानुपातिक सांसदको नाम टुङ्ग्याएका हुन्।

सुदूरपश्चिम प्रदेशसभामा थ्रेस होल्ड कटाएर समानुपातिक सिट पाएका दलहरुले सांसद प्रदेशसभा सदस्यको नाम टुङ्ग्याएका हुन। प्रदेशभाका २१ सिटका लागि ६ वटा दलले समानुपातिक सांसदको नाम टुङ्ग्याएर निर्वाचन आयोगमा पठाएका हुन् ।

कांग्रेसको केन्द्रीय पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको छ । प्रदेश सभामा ७ सिट पाएको कांग्रेसबाट सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी महरा, जुना दानी र तुलसी देवकोटा सांसद बनेका छन्। यस्तै थारुबाट गिताकुमारी चौधरी सांसद बनेकी छन्।

७ वटै सिट पाएको एमालेले पनि सुदूरपश्चिम प्रदेससभा समानुपातिक सदस्यको नाम टुंगो लगाएको छ। जसमा पुरुष खस आर्य तर्फ राजेन्द्र सिंह रावल र धर्मराज पाठकको नाम निर्वाचन आयोगलाई पठाइएको छ ।

त्यस्तै खस आर्य महिला तर्फ सन्तोष कुमारी शमाय ९थापा०, जानकी बम ९ऐर०, थारु महिला तर्फ कोइलीदवेी चौधरी, दलित महिला तर्फ हिरा साकी, पिछडिएको क्षेत्रबाट निर्मला देबी साउँदको नाम आयोगलाई पठाउने निर्णय गरिएको छ ।३ सिट पाएको नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ।

जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलित महिलाबाट लक्ष्मी बिक, महिला तर्फबाट गिता देबि माल र जानकी कुँवर पौडेलको नाम निर्वाचन आयोगमा सिफारिस गरिएको छ । २ सिट पाएको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाका लागि समानुपातिक सासंदहरू टुंगो लगाएको छ। जसमा सुदूरपश्चिम प्रदेशका लागि कैलालीबाट दामोदर पण्डित र सुनिता चौधरीलाई सासंद बनाउने निर्णय गरेको छ।

१ सिट पाएको नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेश सभाका लागि माया पन्तको नाम निर्वाचन आयोगमा सिफारिस गरिएको छ भने १ सिट नै पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट खेमा देवी बिष्टको नाम सिफारिस गरिएको छ।

सुदूरपश्चिम प्रदेशसभा प्रत्यक्षमा कांग्रेसले १२, माओवादीले ८, नागरिक उन्मुक्ति पार्टीले ५, एमाले र एकीकृत समाजवादीले ३/३ र स्वतन्त्र उम्मेदवारले १ सिट जितेका छन ।