११० समानुपातिक लिस्टमा सुदूरपश्चिमबाट ५ जना मात्रै !
2022/12/11, 4:09
 
ss

समानुपातिक तर्फ सुदूरपश्चिम प्रदेशले ५ जना सांसद पाउने भएको छ । ती चार जनामध्ये कांग्रेसले २ जना सांसद बनाउँदा एमाले र माओवादी केन्द्रले १/१ जनालाई सांसद बनाएका छन् ।

कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा र ईश्वरी न्यौपानेले समानुपातिक तर्फबाट सांसद बन्ने अवसर पाएका छन् । बाजुराका महासनाइ नेपालीलाई पनि कांग्रेसले समानुपातिक तर्फबाट समेटेको छ । देउवा डडेल्धुरा र न्यौपाने कैलालीबाट सिफारिस भएका थिए ।

माओवादी केन्द्रले कैलालीकै रुपा चौधरीलाई समानुपातिकमा समेट्दा एमालेले दयाल बहादुर शाहीलाई समेट्यो । माओवादीकी चौधरी कैलाली र एमालेका शाही बाजुराका हुन् ।  राष्ट्रिय दल बनेका सात पार्टी मध्ये सुदूरपश्चिमबाट समानुपातिक माध्यमबाट तीन पार्टीका ५ जना मात्रै सांसद भए ।

मुलुकभर सत्तारुढ दल नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादी पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनमत पार्टीले ५ जना समानुपातिक सांसद पाएको थियो ।