
आज सोमबार बैतडीको मेलौली नगरपालिकाभित्र रहेका विद्यालयहरुमा बिदा दिइएको छ । मेलौली नगरपालिका १ स्थित जनचेतना आधारभूत विद्यालयमा कार्यरत शिक्षक रोशनसिंह नायकको निधन भएको शोकमा आज नगरपालिकाभरीका विद्यालय बन्द रहने मेलौली नगरपालिकाले जनाएको छ ।

विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध नायकको ४२ बर्षको अल्पायुमै शनिबार निधन भएको थियो । शिक्षक नायकको निधन भएकाले विद्यालयहरुमा एक दिने शोक बिदा दिएको नगरपालिकाले जनाएको छ ।
यस्तै शिक्षक नायकको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै नगरपालिकाले दुःख समेत व्यक्त गरेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15