सुदूरपश्चिममा प्रदेश सभातर्फ उम्मेदवारी दिएका एक सय ९ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउँदै सो जानकारी दिएको हो । कुल सदर मतको १० प्रतिशत मत नपाएपछि विभिन्न साना पार्टीसहित स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो ।
प्रदेश सभाका उम्मेदवारले उम्मेदवारी दर्ताको क्रममा पाँच हजार रुपियाँका दरले धरौटी राखेका थिए । सदर मतको १० प्रतिशत मत पु¥याउन नसकेका उम्मेदवारका धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगकी निर्वाचन आयुक्त डा। जानकी कुमारी तुलाधर अनुसार प्रदेशमा २८ वटा राजनीतिक दलको धरौटी जफत भएको हो । ९९ जना पुरुष र १० जना महिला गरी एक सय ९ उम्मेदवारको धरौटी जफत भएको हो ।
यसैबिच निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेशका प्रमुख देवराज जोशीलाई बुझाएको छ ।