अत्तरियाको मालाखेती अस्पताललाई मृत मानव शरीर चिस्यान यन्त्र हस्तान्तरण
2022/12/18, 1:17

व्यवसायी मनोज अग्रवालले कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पताललाई मृत मानव शरीर चिस्यान यन्त्र हस्तान्तरण गरेका छन्। आइतबार गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको उपस्थितिमा भैरव सिंगार पसलका सञ्चालक अग्रवालले मालाखेती अस्पताललाई चिस्यान यन्त्र हस्तान्तरण गरेका हुन्।

व्यवसायी अग्रवालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवामा चिस्यान यन्त्र समर्पण गरेको बताए। मालाखेती अस्पतालमा यसअघि यस्तो यन्त्र थिएन। मृत मानव शरीर चिस्यान यन्त्र भए आफन्त नआउँदासम्म बरफमा मृत शरीर राख्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। सो यन्त्र अग्रवालले भारतबाट ल्याएर निःशुल्क अस्पताललाई हस्तान्तरण गरेका हुन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15