
कैलालीमा फेरी अज्ञात सुमहद्वारा गोली चलाएर फारार भएको छ । धनगढी ९ मा गोली चलेको छ। वडा नम्बर ९नेपाल भारत सीमा क्षेत्रमा पर्ने जुगेडामा सोमबारराति दुई राउण्ड गोली चलेको हो । शिवरामनगर टोलमा आज विहान ३ बजेतिर गोली चलेको हो ।

स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको घाईते विष्टले बताएका छन् । गोली लागेर विष्ट सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन् । विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको विष्टले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15