
सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने मिति तय भएको छ ।यही पुस ११ गतेका लागि नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने मिति तय भएर आवश्यक तयारी गरेको प्रदेशसभा सचिवालायले उक्त दिन स्थगित गरेर केहि पछाडि धकेलेको छ ।

प्रदेश प्रमुख देवराज जोशीको परामर्शमा ज्योतिषीसँग साइत जुराएर पुस १५ गतेका लागि शपथ गराउने दिन तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
अब १५ गते सुरुमा प्रदेश प्रमुख जोशीबाट नवनिर्वाचित प्रदेश सांसद मानबहादुर रावलले शपथ लिनेछन् । सोही दिन अन्य अन्य ५२ जना प्रदेश सांसदहरुलाई रावलले शपथ गराउने प्रदेशसभा सचिवालयले बताएको छ

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15