कैलालीको अत्तरियामा गोलीकाण्डको विरोधमा एक घण्टा चक्काजाम
2022/12/24, 5:48
 
ss

कैलालीको अत्तरियामा गोलिकाण्डको विरोधमा एक घण्टा सवारी चक्काजाम गरिएको छ। कैलालीको अत्तरियास्थीत गोदावरी नगरपालिका वडा नम्बर २ मा सुनचाँदी व्यवसाय गर्दै आएका विकास सुनारमाथि गोली प्रहारको घटनामा संलग्नलाई पक्राउको माग गर्दै एक घण्टा सवारी चक्काजाम गरिएको हो। अत्तरिया उद्योग वाणिज्य संघले अत्तरिया चोकमा सडक अवरुद्ध गर्दै यातायात सेवा एक घण्टा चक्काजाम गरेका छन्।

पुस ३ गते साँझ पसल बन्द गरेर घर जाने क्रममा घोडाघोडी सुनचाँदी पसलका सञ्चालक सुनारमाथि गोली प्रहार भएको थियो। गोली प्रहार गरेर ३५ तोला सुन लुटिएको थियो। उनको उपचार भैरहेको छ। लुटपाटमा संलग्न फरार रहेकोले अझै पक्राउ परेका छैनन्। विहान साढे १० बजेसम्म देखी सुरु भएको चक्काजाम १ घण्टासम्म रहेको संघका अध्यक्ष अशोकराज देवकोटाले बताए।

उनले व्यवसायी माथी गोलि प्रहार भएको हप्ता दिन बित्न लाग्दा समेत प्रशासनले अपराधी पत्ता लगाउन नसकेको उनले बताए । दवाव स्वरुप चक्काजाम गरिएको उनको बताए। गोलि प्रहार हुँदा समेत सुरक्षानिकायबाट व्यापारीहरुलाई कुनै किसिमको सुरक्षाको प्रत्याभुति हुन नसकेको ब्यवसायीहरुको भनाई छ । दबाव स्वरुप दैनिक अत्तरीया क्षेत्रमा ब्यवसायीहरु आन्दोलन जारी रखोका छन्।