कसको नेतृत्वमा बन्ला सुदूरपश्चिम सरकार ?
2022/12/27, 1:17
 
dd

राजनीतिमा नाटकीय ट्वीस्ट आएपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने चासो बढेको छ ।  प्रदेश सभामा दोस्रो ठूलो दल नेकपा ९माओवादी केन्द्र० वा सत्ता साझेदार प्रमुख दल नेकपा ९एमाले० मध्ये कसले प्रदेश सरकारको नेतृत्व गर्ने, भन्ने विषयमा चासो बढेको हो । आइतबारमात्रै नेपाली कांग्रेससहितको बाम लोकतान्त्रिक गठबन्धन टुटेको थियो ।

चुनावी त्यो गठबन्धन टुटेपछि सरकार बनाउनका लागि एमालेसहितको नयाँ गठबन्धन बनेको छ । यो प्रदेशमा सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी, राप्रपासहित चार दलको प्रतिनिधित्व छ । सरकार गठनमा सहयोग गरेका नागरिक उन्मुक्ति पार्टी र राप्रपाले केन्द्र सरकारमा नजाने घोषणा गरिसकेका छन् । दुवै पार्टीले सो निर्णय प्रदेशमा लागू गरेमा माओवादी केन्द्र र एमाले सहभागी मन्त्रीमण्डल गठन हुनेछ । तर, मुख्यमन्त्री को बन्ने भन्ने विषयभने दुवै पार्टीका लागि पेचिलो बन्ने देखिएको छ ।

पाँच वर्षसम्म सरकार चलाइसकेको माओवादी केन्द्रको यो प्रदेशमा पुनः मुख्यमन्त्रीको दाबी छ । सो पार्टीबाट खगराज भट्टले मुख्यमन्त्रीको दाबी गर्दै आइरहेका छन् । यसैगरी, सोही पार्टीबाटै ओमविक्रम भाट ‘सरल’ पनि मुख्यमन्त्रीको दाबेदार हुन । नयाँ सत्ता समीकरण अनुसार यो प्रदेश माओवादीको भागमा परेमा दुई जनामध्येबाटै मुख्यमन्त्री बन्ने प्रबल सम्भावना रहेको छ । 

तर, मुख्यमन्त्रीमा एमालेले पनि आफ्नो दाबी रहने जनाएको छ । सो पार्टीका प्रदेश कमिटी सचिवसमेत रहेका प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेशमा नेतृत्व कुन दलले गर्ने सवालमा केन्द्र र प्रदेश स्तरमा छलफल गरेर टुङ्गो लगाइनबताए । यद्यपि, मुख्यमन्त्रीमा आफ्नो पार्टीको पनि दाबी रहने उनकोे भनाइ छ । त्यस्तै, संसदीय दलका नेता छान्नका लागि छलफल जारी रहेको पाठकले बताए । उनले भने,‘मुख्यमन्त्रीमा हाम्रो पार्टीको पनि दाबी रहन्छ ।’

सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि नेकपा माओवादी केन्द्र,  नेकपा  एमाले सहितको नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत पुगेको छ । संघमा आइतबार बनेको विभिन्न दलको नयाँ गठबन्धन अनुसार यो प्रदेशमा पनि बहुमतको सरकार बन्ने देखिएको हो । सङ्घको जस्तै यहाँ पनि समीकरण कायम भएमा नयाँ गठबन्धनले सरकार चलाउने छ भने प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार बनाउनका लागि २७ सदस्य सङ्ख्या आवश्यक पर्दछ । सङ्घमा समीकरण भएका दलमध्ये चार दलको यहाँ प्रतिनिधित्व रहेको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्नेमध्ये दोस्रो ठूलो दल माओवादी केन्द्रसंग ११, तेस्रो ठूलो दल नेकपा ९एमाले० संग १०, नागरिक उन्मुक्ति पार्टीसंग सात र राप्रपासंग एक जना प्रदेश सभा सदस्य छन् । चार वटै दलको समीकरण भएपछि सदस्य सङ्ख्या २९ पुग्नेछ ।

यसअघि, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी० सहितको बाम लोकतान्त्रिक गठबन्धनको पनि स्पष्ट बहुमत रहेको थियो । तर, आइतबार प्रधानमन्त्री नियुक्तीका लागि भएको नयाँ समीकरणका कारण यो गठबन्धन टुटेको छ । अब बनेको नयाँ गठबन्धनले प्रदेश सरकार चलाउने निश्चितप्राय रहेको देखिन्छ ।

यसैबीच, नेकपा ९एकीकृत समाजवादी० संगको गठबन्धनलाई कायम राख्दै नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टीलाई आफ्नो पक्षमा ल्याउन सकेमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना पनि रहेको छ । नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका चार जना प्रदेश सभा सदस्य छन् । यसमा नागरिक उन्मुक्ति पार्टी मिलेमा बहुमतको सरकार बनाउनका लागि आवश्यक सङ्ख्याभन्दा बढी सदस्य सङ्ख्या ३० पुग्नेछ ।

नेकपा ९एकीकृत समाजवादी० र नागरिक उन्मुक्ति पार्टीलाई लिएर नेपाली कांग्रेसले पनि मिलेर बहुमतको सरकार बनाउन सङ्ख्या पुगे पनि यसरी सरकार बन्ने सम्भावना त्यति धेरै छैन । सङ्घमा भएको समीकरण अनुसार नै यहाँ पनि सरकार गठन हुने देखिन्छ । प्रदेशमा एक जना स्वतन्त्रबाट जितेका सदस्य छन् । उनी सत्तापक्षतिर वा प्रतिपक्ष जतातिर लागे पनि उनको पक्षधरताले सरकार बनाउनमा कुनै किसिमको तलमाथि पार्ने अवस्था देखिदैन । 

केन्द्रमा बनेको सत्ता साझेदार दलहरुकै सरकार सुदूरपश्चिम प्रदेशमा बन्ने नेकपा ९एमाले० का प्रदेश कमिटी सचिव एवम् प्रदेश सभा सदस्य पाठकले बताए । ‘यहाँमात्रै हैन, सातवटै प्रदेशमा सत्ता साझेदार दलको सरकार बन्ने सम्भावना छ’, उनले भने,‘हाम्रो यहाँ केन्द्रको सत्ता साझेदार चार वटा दलहरुको बहुमत पुग्ने गरेकाले सत्ता साझेदार दलकै सरकार हुन्छ ।’ संविधानमा उल्लेख व्यवस्थानुसार प्रदेशमा पुस मसान्तभित्रै नयाँ सरकार बनाउनु पर्नेछ ।