लेखराज भट्ट र खगराज भट्टबीच भेटवार्ता
2022/12/28, 2:34
 
ss

नेकपा एमालेका सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र माओवादीका इन्चार्ज खगराज भट्ट बिच भेटवार्ता भएको छ । लेखराज भेट्न खगराज उनको निवास ललितपुर पुगेका हुन् ।

केन्द्रमा माओवादी र एमालेको सरकार बनेपछि एमाले माओवादी का नेताहरू बिच भेटवार्ता हुन थालेका छन् । माओवादीको तर्फबाट खगराजले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गरेका छन् । यहाँ पनि केन्द्रको समीकरण अनुसार नै प्रदेश सरकार बन्ने नेताहरूले बताउँदै आएका छन् ।

लेखराज र खगराज युद्धकाल का सहयात्री पनि हुन । तर दुई नेताबिच माओवादीमा हुँदा जहिले पनि अन्तरसंघर्ष भइरहन्थ्यो । नेकपा विभाजन पछि लेखराज एमालेमै रहेका थिए । त्यसपछि माओवादीका नेताहरू सँग उनको दुरी बढेको थियो । एमाले सचिव समेत रहेका लेखराज भट्टको भूमिका यहाँको सरकार निर्माणमा प्रमुख हुने भएकाले पनि माओवादीका नेताहरूले भेटघाट बढाएका हुन ।

केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण भएपछि प्रदेशको राजनीति पनि परिवर्तन भएको छ। त्यसो हुँदा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाले सरकार बनाउने निश्चित छ।

सुदूरपश्चिममा जम्मा ५३ सांसद रहेकोमा सरकार बनाउन २७ आवश्यक पर्छ। अहिले यहाँ प्रदेश सभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७ र राप्रपाको १ सांसद छन्। यस्तै सुदूरपश्चिममा काँग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सांसद छन्।