
धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ। अस्पतालमा आजदेखि मेशिन जडान भएर सेवा सुरु भएको जनाएको छ ।प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो ।

सेतीमा सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो । मस्तिष्क घातलगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटी स्क्यान मेसिन उपयोगी हुने गर्छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04