कैलालीमा एक वर्षमा २९ महिलामाथि बलात्कार, तीन महिलाको हत्या
2022/12/30, 12:28
 
ss

कैलालीमा एक वर्षको अवधिमा २९ महिलामाथि बलात्कार भएको पाइएको छ। जिल्लामा १२ महिनाको अवधिमा २९ महिलामाथि बलात्कार भएको तथ्याङ्क सार्वजनिक गरिएको हो।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०को प्राम्भिक प्रतिवेदनअनुसार जिल्लामा सन् २०२२ जनवरीदेखि डिसेम्बरसम्म २९ महिलामाथि बलात्कार भएको हो। जिल्लामा तीन महिलाको हत्या भएको छ भने तीन महिला घाइते भएका छन्। कैलालीका दुई सय ९३ महिला विभिन्न घटनाबाट एक वर्षमा पीडित भएका छन्। 

इन्सेकको प्राम्भिक प्रतिवेदनमा घरेलु हिंसाबाट दुई सय २४,  बलात्कार प्रयासबाट एक, बहुविवाहका २, बालअधिकारबाट ४०, बेचबिखनका तीन, यौनदुव्र्यवहारबाट चार र बोक्सी आरोपबाट एक महिला पीडित भएका छन्। जिल्लामा एक वर्षको अवधिमा पाँच जना पुरुषको हत्या भएको छ। १२ जनामाथि कुटपिट भएको छ। तीन जनामाथि दुव्र्यवहार भएको छ। 

कैलालीमा यो वर्ष तीन सय ११ घटनाबाट दुई सय ९२ महिला र २२ जना पुरुष पीडित भएका छन्। जिल्लामा एक वर्षको अवधिमा तीन सय १४ जना पीडित भएका हुन्। गत वर्ष कैलालीमा दुई सय २३ जना पीडित भएका थिए। जिल्लामा एक वर्षमा दुई सय ११ महिला र १५ पुरुष पीडित भएका हुन्। गत वर्षको तुलनामा कैलालीमा अपराधिक गतिविधिमा वृद्धि भएको देखिएको हो।