करिब ८ महिना पहिले फोक्सोमा क्यान्सर भएको थाहा पाएका कैलाली गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको क्यान्सरको उपचार गरिरहेका थिए । विभिन्न ठाउँमा उपचार गरिरहेका उनी केही दिन अघि कैलालीबाट पुर्वतिर लागे । उनी चितवन पुगे तर उनलाई कोरोनाले बाँच्न दिएन । शुक्रवार मृत्यु भएका ५० बर्षीय पुरुषको शनिवार सेनाले शव व्यवस्थापन गरे । प्रायः सवैको ईच्छा जन्मेकी ठाउँमा मर्ने हुन्छ । तर ती पुरुषलाई कोरोनाले आफ्नै ठाउँमा पनि मर्न दिएन् । कैलालीको आफ्नै घरमा मर्न चाहेका उनी पुर्व पुगेर अस्ताए ।
भारतको चण्डिगणमा मजदुरी गरिरहेका उनलाई फोक्सोको क्यान्सर थियो । ७ महिना भारतकै एक अस्पतालमा उपचार गराए । तर न रोग निको भयो न त काम गर्न सक्े नै भए । उनी घर फर्किए क्यान्सर भने बल्झिरह्यो । उनी भारतबाट फर्किएपछि चितवन पुगेर उपचार गराईरहेका थिए । स्वास्थ्यमा सुधार पनि भईरहेको थियो । त्यही उपचारका क्रममा उनी असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भए । त्यहाँ उपचार गर्दा स्थिति गम्भी बनेपछि असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रेफर गरियो ।
उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भयो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो । कोरोना संक्रमणको पुष्टि भएको २ दिन नबित्दै उनले संसार छोडे । ‘अब उहाँ ठिक हुनुभयो भनेर भारतबाट ल्याएका थियौँ’ मृतकका भाई तारासिंह बोहराले भने ‘तर, चितवन पुराउँदा पनि उहाँ बच्नु भएन ।’
तार र उनी भारतमा पनि सँगै काम गर्थे । उनको स्वास्थ्यमा समस्या आएपछि ताराले नै भारतमा उपचारका लागि अस्पताल पुराएका थिए । शनिवार उनको मृत्यु हुँदा पनि तारासँगै थिए । स्वास्थ्यमा केही सुधार आएपछि जेठको दोस्रो साता उनीहरू दुवै जना भारतबाट आएका थिए । कैलालीको गोदावारी ७ स्थित चन्डेश्वरी आधारभुत विद्यालयमा १२ दिन क्वारेन्टिन बसेपछि उनीहरू घर गए ।
तारा भन्छन्, ‘क्वारेन्टिनमा धेरै भएपछि घरमै सुरक्षित बस्न भन्दै हामीलाई घर पठाइयो । हामी घरमा पनि सुरक्षित ढङ्गले नै बसेका थियौँ । तर, कोरोना कहाँबाट स¥यो पत्तै भएन ।’ ती ५० बर्षीय पुरुषले कोरोनालाई जित्न सकेनन् । अन्तिमसम्म पनि कोरोनासँग लडिरहे । निरन्तर लडिरहे । तर विडम्बना उनी थाके, गले कोरोना थाकेन् गलेन । अन्ततः कैलालीका ५० बर्षीय संक्रमित पुर्वको चितवनमा अस्ताए ।