
धनगढी - धनगढी वडा नम्बर २ बाट १२ थान ब्याट्रीसहित अटो बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले शनिवार राती ९ः३० बजे धनगढी उपमहानगरपालिका–२ रामजानकी मदिरनजिकबाट अटोमा भन्सार छलीगरी ल्याउँदै गरेका ठूलो ब्याट्री १२० भोल्टका ४ थान र सानो ब्याट्री ८० भोल्टका ८ थान बरामद गरिएको जनाएको छ ।

से १ ह ११८१ नम्बरको अटोमा भन्सार उक्त जम्मा ब्याट्री बरामद गरिएको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बरामद गरिएको उक्त ब्याट्री वडा प्रहरीको जिम्मा लगाइएको तथा घटनाका सम्बन्धमा थप अनुसरन्धान भैरहेको प्रहरीले बताएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15